तिहार आयो मखमली फुलेन , बजारहरुमा कृतिम फुलको व्यापार बढ्यो ।

0
383

मिना कंडेल , ३१ असोज , नवलपरासी ।

हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । फुलैफुलको चाड मानिने तिहारमा पछिल्ला समयमा कृतिम फुलहरुको चहलपहल बढ्न थालेको छ । मखमली फुल भन्दा कृतिम फुलमा बजामा घुईचो बढेको ब्यापारीहरु बताउछन् । बदलिदो संस्कृति सँगै कृतिम फुलहरु पनि बजारमा प्रस्शतै देख्न सकिन्छ । तर पनि प्राकृतिक फुलको महत्व जति छ कृतिम फुलले त्यो ठाउँ लिन सक्दैन । सर्वसाधारणहरु दीपावलीको लागि आवश्यक सामग्री खरिद गर्नुको साथै विभिन्न प्रकारका परिकारहरु तयार गर्नमा व्यस्त बन्न थालेका छन् ।खासगरी दीपावली तथा भाईटीकाको लागि बढि प्रयोग हुने फूल, माला, झालर, तथा सप्तरङगी टिकाहरुले अहिले बजारहरु नै रङगी चङगी देखिएका छन् । दिपावलीमा सर्वसाधारणहरुले फूल माला तथा झालरहरुले घर आंगन सजाउने हुँदा यस्ता सामग्रीहरुको बिक्रि वितरण अत्याधिक भएको व्यापारीहरु बताउँछन् । ब्यापारीहरुले पनि यहि समयको फाईदा उठाउँदै ब्यापारलाई निकै तिब्र पारेका छन् । नवलपरासीको कावासोती बजार बजार अहिले नउली बेहुली झैं देखिन थालेको छ ।
कृतिम रुपमा प्लाष्टिकबाट बनाईएका यस्ता फूल तथा मालाहरु भारतीय बजारमै निर्भर छ । ग्रामिण क्षेत्रमा घरमै लगाईएका सयपत्री तथा मखमली फूलको प्रयोग गरिने भए तापनि शहरी क्षेत्रमा यस्ता फुलहरुको अभावका कारण कृतिम मालाहरुको प्रयोगको प्रचलन बढेको हो । तिहारका लागि चाहिने बिभिन्न रंगका टीका, ओखर तथा घाजीको ब्यापार पनि शुरु भएको ब्यापारीहरु बताउँछन् । कतिकतै प्राकृतिक फुलको महत्व नबुझेर देखासीकीकालागी पनि कृतिम फुलहरु किन्ने गरेको कावासोतीका व्यापारीहरु बताउन् । यस पटक तिहार छिटो परेका कारण प्राकृतिक फूलको उत्पादन कम भएकाकारणापनि कृत्रिम मालाको आयात वढ्दै गएको कावासोतीका व्यापारि तिलक सापकोटाले वताए।
हेर्दा आकर्षक ,थरीथरीका रङहरुमा वनाएका ‘नक्कली ’कृत्रिम माला नवलपुरको कावासोतीमा भित्रिएको सापकोटाले वताएका छन । तिहारका लागि घरघरमा लगाईने हजारी, सयपत्री र मखमली जस्ता फूलहरुको व्यवसायिक खेति नहुनु तर जनसंख्या भने बढ्दै जाँदा टिका लगाउने संख्या बढेकोले कृतिम मालाको माग बढेको उनले बताए । व्यावसायिक रुपमा गरिएको फूल खेति र घरघरमा लगाएका फूलहरु मौसमका कारण प्रभावित हुँदा कृत्रिम माला माथिको निर्भरता बढेको सर्वसाधरण सिता चापागाईले वताइन ।

‘घरमा लगाएको फूलहरु यसपालि चाँडै नफुल्ने भयो , प्राकृतिक फूल छोडेर कृतिम माला लगाउनु रहर हैन बाध्यता हो । ’ उनले भनिन् ‘ फूल नरोपेको , माहुरी र पुतली नझुमेको आँगनको शोभा नै हुँदैन ।’ उनका अनुसार कतिपय जाँगर नभएका अल्छिहरुले घरमा माला उन्ने र कष्टगर्नुको सट्टा बजारमा किन्न पाईने तर कृतिम तयारी फुलका माला किनेर लैजाने गरेको बताइन । व्यावसायिक पुष्पखेती नभएकै कारण भारतबाट करोडौंको फूल आयात हुने गरेको छ ।
यो तिहारमा भने सर्वसधारणले प्लाष्टिककै माला लगाउनुपर्ने बाध्यता हुन सक्ने पुष्प व्यवसायीले बताएका छन् ।