नेपालको पहिलो नेपाल आईडल पोखराका बुद्ध लामा ।

0
293

७ असोज, काठमाडौं । नेपालभर चर्चीत टीभी रियालीटी सो नेपाल आईडलको बिजेता बुद्ध लामा हुन सफल भएका छन् । हिजो कतारको दोहामा भएको ग्राण्ड फिनालीमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल हुन सफल भएका हुन् ।उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् । मोरङका निशान फस्ट रनर अप भए भने ललितपुरका प्रताप दास सेकेण्ड रनर अप बने । निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले १० लाख रुपैयाँमा चित्त बुझाएका छन् । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो ।

आयोजकका अनुसार ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ मत आएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै पहिलो नेपाल आइडल पदवी हात पारे । अघिल्लो साताको बिहीबार राति पौने ९ बजेदेखि खुलेको भोटिङ आज शुक्रबार साँझ ५ बजेसम्म खोलिएको थियो ।

नेपाल आइडलको समापनसँगै एपी वान टेलिभिजनले अर्को रियालिटी शो ‘नेपाल गट ट्यालेन्ट’ को घोषणा गरेको छ । यो सन् २०१८ को सुरुवातबाट हुने बताइएको छ ।