बडादशैँको टिकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा।

0
201

२२ भदौ , काठमान्डौँ । यस वर्षको बडादशैँको टिकाको साइत असोज १४ गते शनिबार बिहान ११ बजेर ५५ मिनेटमा परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार असोज ५ गते बिहीबार बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साईत रहेको जनाईएको छ । समितिका अनुसार असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । आगामी असोज ९ गते सोमबार पचली भैरव यात्रा परेको छ । असोज ११ गते बुधबार दशै घर वा कोठामा फूलपाती भित्राईन्छ । फूलपाती कुल परम्पराअनुसार भित्राईने भएकाले यसको साइत नदिइने समितिले जनाएको छ ।