हिजो आज महिला मात्रै होइन पुरुष पनि बेचिन्छन् !

1
631

रञ्जना लम्साल-

मानवले मानवलाई बेचबिखन गर्ने कार्य नै मानव बेचबिखन हो । पछिल्लो समयमा बिभिन्न वहानामा मानव बेचबिखन भैरहेको छ । बेचबिखन भन्ने बित्तिकै महिलाहरुको कुरा पहिला आउँछ । तर आजभोली पुरुष पनि बेचबिखनमा परिरहेका छन् ।

पहिले बेचविखन नेपालबाट भारतमा हुने गर्दथ्यो । तर पछिल्लो समयमा यसको गन्तव्य फेरिएको छ । अर्थात बैदेशिक रोजगारीको नाममा नेपाली भुमीबाट महिलाहरुलाई भारत, श्रीलंका लगायतका मुलुक भएर बिभिन्न मुलुकहरु, खासगरी खाडीका मुलुकमा बिक्री गर्ने क्रम बढेको छ । सरकारले घरेलु काममा जान महिलालाई रोक लगाएपछि अझ यो बृद्धि भएको छ, जुन चिन्ताको विषय हो ।

भारतसँग जोडिएको लामो खुल्ला सिमानाका कारण मानव तस्करहरुलाई भारत हुँदै तेश्रो मुलुकसम्म नेपाली महिलालाई पुर्याउन सहज भएको छ । नवलपरासी जिल्ला पनि त्यस्तै एक जिल्ला हो जसको सीमाना भारतसँग जोडिएका कारण पनि यहाँबाट भारतका बिभिन्न ठाउँमा नेपाली महिलालाई पुर्याएर बेच्ने गरिएको छ । यस्ता थुप्रै घटनाहरु छन्, जसमध्ये कतिपय कानूनी रुपमा दर्ता भएका छन् भनें कतिपय घटना अझै गुपचुप नै राखिएको छ ।

नवलपरासीकी सकुन्तला सारु मागर ९नाम परिवर्तन० साउदीमा अरबमा मासिक ५ हजार डलरमा काम गर्ने भन्दै भारत पुगिन । उनलाई त्यहाँ पुर्याउन उनका नजिकका आफन्तको मुख्य हात रह्यो । तर पनि उनका आफन्तलाई कारबाही गर्न प्रहरी असक्षम भयो किनकी आफन्तलाई कारवाहीको दायरामा नल्याउन अरु आफन्त नै अघि सरे । यसले मानव तस्करहरुलाई अझ धेरै हौसला मिलेको छ, जोखिम अझ बढाएको छ ।

नवलपरासीकी अर्को युवती जानुका तामाङ्ग ९नाम परिवर्तन० को कथा पनि खास भिन्न छैन । उनलाई पनि आफ्नै दिदिले भारतको बाटो हुदै ओमन पठाउने काम गरिन् । यो पनि बेचबिखन कै अर्को तरिका थियो । प्रहरीको सहयोगमा बेचबिखन गर्ने तिनै जानुकाकी दिदिलाई कानुनी दायरामा ल्याई ओमनबाट त उनको उद्धार सम्भव भयो तर केहि समय पछि उनी प्रहरीको फन्दाबाट उम्कन सफल भईन । यसमा पनि कारण उहि थियो पारिवारिक दबाब ।

यसैगरी अर्को घटना थियो लक्ष्मी राना ९नाम परिवर्तन०को । उनी पनि आफ्नै भाउजु मार्फत भारतको बाटो हुदै युएई पुगिन् । दिनहुँको शारीरिक यातना र किनेर ल्याएको बस्तुलाई आफु खुसी प्रयोग गर्न थालेपछि मात्र उनलाई आफु बेचबिखनमा परेको थाहा भयो । उनी पनि त्यस ठाँउबाट त उम्कन सफल भईन तर भाउजु २ महिनाको जेल बसाई पछि बाहिर आईन । यसमा पनि कारण फरक थिएन ।

यी त उदाहरण मात्र हुन । यसरी आफन्तको भरमा पर्दा भारतका बिभिन्न ठाउँ मात्र नभएर बिभिन्न देशहरुमा नेपाली महिलाहरुले नारकीय जीवन बिताईरहेका छन् । तर यसरी बेचविखनमा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन र दण्डसजायको भागिदार बनाउन सकिएको छैन ।

अर्को तर्फ बैदेशिक रोजगारको नाममा हुने यस्तो जघन्य घटनाका पीडितलाई न्याय दिने निकाय कुन हो र उनीहरुले कसरी न्याय पाउँछन् भन्ने बारेमा पनि अन्यौल हुने गरेका कारण तस्करहरु उम्कीने अवस्था छ । बेचबिखनमा परेर फर्किएका महिलालाई समाजले हेर्ने दुष्टिकोण सकारात्मक नहुँदा पनि आफुहरु बेचबिखनमा परेको थाहा हुँदा हुँदै र अपराधी आँखा अगाडी हुँदा पनि महिलाहरु कारवाहीको प्रक्रियामा जान सकिरहेका छैनन् ।

मानव बेचबिखन तथा ओसार पोसार बिरुद्धको ११ औ राष्टिय दिवस मनाईरहदा सरकार यस दिवसका बिरुद्ध कति संवेदनशिल छ भन्ने महत्वपुर्ण बिषय हो । जति हामीले बेचबिखनमा परिरहेका घटनाहरु सुन्छौ वा पढ्छौ के ती सबैलाई बेचबिखनमा गर्ने अपराधीहरु कानुनी दायरामा आएका छन् त रु यो पनि महत्वपुर्ण बिषय हो । आफन्तको आडमा मानव बेचबिखन गर्न पछि नपर्ने अपराधीलाई कानुनी दायरामा ल्याउन सरकारले के काम गरिरहेको छ यो सोचनीय बिषय हो ।

सुरक्षित आप्रवाशनका क्षेत्रमा काम गर्ने संस्था हिकोडेफका सुरक्षित आप्रवाशन परियोजना संयोजक रितुराम सोती थापा बेचविखनमा पर्नेहरु मध्ये ८० प्रतिशतलाई आफन्तले नै त्यसरी लैजाने गरेको पाइएको बताउँछन् । तर पनि कारवाहीको प्रक्रियामा कोहि पनि जान नचाहने र जान चाहे पनि आफन्तको दबाबका कारण बिचमा नै उजुरी अलपत्र पर्ने गरेका कारण मानव बेचबिखन फष्टाएको उनको भनाई छ ।

त्यसैले मानव बेचविखनको दिवस मनाएर मात्र हुन्न । राज्यका जिम्मेवार निकाय र गैर सरकारी निकायहरु जिम्मेवार भई मानव वेचविखन जस्ता घृणित कार्य गर्नेलाई कठोर सजाय दिलाउन र पिडीतहरुलाई पुनस्र्थापना गर्न सके यो दिवसले सार्थकता पाउने देखिन्छ ।

लेखक  लम्साल सुरक्षीत आप्रवासन , सुचना तथा परामर्श केन्द्र कावासोतीका परामर्शदाता हुन् ।