प्रेस युनियनको युएइमा शाखा विस्तार ।

102
2227

१८ भदौ , काठमाडौं । लोकतान्त्रिक पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनले विदेशमा शाखा विस्तारलाई तिब्रता दिएको छ । युनियनको विधानमा विदेश विभाग गठन गर्न पाउने प्रावधान भए बमोजिम शाखा विस्तारलाई तिब्रता दिएको हो । तीन महिना अघि बेलायतमा तदर्थ समिति विस्तारपछि हालै युएइमा पहिलो अधिवेशन मार्फत नयाँ कार्यसमिति चयन गरिएको छ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य चन्द्र भण्डारी, युनियनका महासचिब अजयबाबु शिवाकोटीको उपस्थितिमा शाखा विस्तार गरिएको युनियनकी युएइ उपाध्यक्ष दुसवी भट्टराईले जानकारी दिइन् । अधिवेशन मार्फत निर्भीक नारायण भुर्तेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा दुसबी भट्टराई, सचिबमा रामकुमार परियार, सहसचिबमा माधव न्यौपाने, कोषाध्यक्षमा कमल न्यौपाने चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा अर्पण निरौला, हरि खड्का, प्रकाश ढकाल , शैलेस खाती क्षेत्री, शिव चालिसे, शिवदत्त सुवेदी र नरेन सापकोटा चयन भएका छन् । अधिवेशन उदघाटन कार्यक्रमका अवसरमा महासचिब अजयबाबु शिवाकोटीले प्रवासमा रहेर कलम चलाइरहेका श्रमजीवि पत्रकारहरुको हक, हित र लोकतन्त्रको प्रवद्र्धनका लागि शाखा विस्तार अनिबार्य भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्याल, नेपाली जनसम्पर्क समितिका सभापति खेमराज बस्नेत र नेपाली जनसम्पर्क समितिका संरक्षक चित्र केसी लगाएतले शाखा विस्तार भएकोप्रति शुभकामना दिए ।