एनआरएन अमेरिकालाई संसारमा देख्न लायक बनाउछु : भण्डारी।

0
274

१५ भदौ । सेप्टेम्वर ५ र ६ मा हुन गइरहेको गैह्र आवाशीय नेपालीहरूको संस्था एनआरएन एन सीसी अमेरिकाको निर्वाचनमा लामो समयदेखि अमेरिकाको भर्जिनिया बस्दै आएका समाजसेवी परशुराम भण्डारीले बोर्ड अफ डाइरेक्टर पदमा उमेद्वारी दिएका छन्। भोजपुर जिल्लाको पूर्वी क्षेत्र हाल अरूण गाउपालिकामा करिव ५५ वर्ष अगाडि सामान्य परिबारमा जन्मिएका भण्डारी सरकारी स्कुलबाट विद्यालय स्तरीय शिक्षा पूरा गरी २० वर्षको उमेरमा उच्च शिक्षाकालागि काठमाडौं गएँका थीए । निम्न मध्यम वर्गीय परिवारको भएको हुनाले सानो काम गर्दै उच्च शिक्षा अध्ययन गरेको उनको अनुभव छ । भण्डारी करिव २२ वर्ष काठमाडौंको बसाइपछि सन् २००४ मा डिभी परेपछि २००५ मा स परिबार अमेरिका पुगेका थीए । आफ्नो पहिलो एजेन्डा भनेकै एन्आरएनलाई राजनीतिक प्रभावबाट टाढा राखेर विश्वासीलो बनाउने उनको भनाई छ । साथै एनआरएन लाई विश्वासीलो सामाजिक संस्था बनाई नेपालको कला सस्कृतिको उजागर र विकासमा लाग्ने बताए । एनआरएनले सबै प्रवासी नेपालीहरुलाई एकसुत्र बनाउनुपर्नेमा जोड दिए । अमेरीका पुगेर नेपाल एजुकेशन एन्ड कल्चरल सेन्टर डिसीको बोर्ड अफ डाइरेक्टर, नेपाली मन्दिरकालागि ‘एक दिन एक डलर’ को योजनाकार, अमेरिका नेपाल सोसाइटीको आजीवन सदस्य, संखुवासभा कम्यूनिटी युएसएको आजीवन सदस्य, लक्ष्मी प्रतिष्ठानको आजीवन सदस्य, एभरेष्ट फेडेरल क्रेडिट युनियनको संस्थापक सदस्य, अमेरिका नेपाल इन्टरप्राइजेज एलएलशी, फेयर फैक्स नेपाल सोसाइटी एलएलसीको अध्यक्षलगायत अधिकांश सामाजिक काममा सहभागि भएको छन ् । आफ्नो कार्यकालमा एनआरएन अमेरिका संसारमा देख्न लायक बनाउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् । राजनीतिक प्रभावका कारणा गत चुनाबमा आफु झिनो मतले पराजित भएको भएपनि अब काम लाई हेरेर भोट दिन सबैमा आग्रह गरेका छन् ।