प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदै ।

0
283

११ भदौ , भारत । छिमेकीराष्ट्र भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहार राज्यस्थित बोधगयाको अवलोकन गरेका छन् । गौतमबुद्धले बुद्धत्व प्राप्त गरेको महत्वपूर्ण स्थान बोधगयामा पुगी प्रधानमन्त्री देउवाले दर्शन गरेका हुन् ।
प्रधानमन्त्री देउवासहितको नेपाली प्रतिनिधिमण्डल आज अपराह्न ३ बजे एयर इन्डियाको विशेष चार्टर्ड विमानबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नयाँदिल्लीमा आयोजना हुने विशेष बिदाइ समारोहपछि प्रधानमन्त्री देउवा आजै बेलुका स्वदेश फर्कने प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।