गोवा सम्मेलन मामै नहुनु भन्दा कानो मामा निको !

0
414

बिश्वका सर्बशक्तिमान राष्ट्रहरुको लिष्टमा आफ्नो नाम दर्ज गराउने दौडमा रहेका देशहरुको स्वार्थपुर्ण संस्था हो ब्रिक्स । जहाँ ब्राजील,रुस,भारत,चिन र दक्षिण अफ्रिका जस्ता देश सदस्य रहेका छन् । ब्रिक्सको कल्पना नै बिश्व अर्थबजारमा यि ५ राष्ट्रको एकाधिकार जमाउने भन्ने नै हो । आइतबार सम्पन्न आठौ शिखर सम्मेलनबाट पारीत एक सय ९ बुंदे घोषण पत्रमा विमस्टेकसँगको आउट रिच कार्यक्रमले ब्रिक्स र विमस्टेकको सम्वन्धलाई पुनर्ताजगी गर्ने अवसर भनिएको छ । बिमस्टेकमा भारत,नेपाल,बंगलादेश,श्रीलंका,थाइल्याण्ड,भुटान र म्यानमार सदस्य रहेका छन् ।

ठुलो सम्मेलनमा सानो देशका सरकार प्रमुखलाई दिइएको ठूलो फोरमको नेपालका प्रधानमन्त्रीले भरपुर प्रयोग गर्न भने सकेनन् । यदि प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी र चिनिया राष्ट्रपति सि जिनपिङ संगको छुट्टा छुट्टै तथा सामुहकि भेटवार्ताको समयमा नेपालको बिकास र पुननिर्माण लगायत दिर्घकालीन हितका बिषयमा धेरै कुरा गर्न सक्थे तर दाहालले त्यस्तो महत्वपुर्ण समयको प्रयोग गर्न सकेनन् । तथापी भारतीय समकक्षीसंगको भेटमा भएका कुराकानीले दुई देश बिच बढेको दुरीलाई भने नजिक्याउने काम भएकोछ ।

नेपाल भ्रमण गर्ने तयारीमा रहेका चिनिया राष्ट्रपति सी नेपाल नआउनुलाई शंकाको दृष्टिले हेर्नेहरुले प्रधानमन्त्रीसंग गोवामा भएको भेटवार्तालाई सकारात्मक भनेका छन् तर प्रधानमन्त्रीले भेट्दैमा सी नेपाल आउंछन् भन्ने कुनै आधार छैन तर सी लाई नेपाल आउन दवाब थपिएको छ । तर चिनले नेपाली प्रधानमन्त्रीले नेपाल भ्रमण गर्न गरेको आग्रहलाई कत्तिको प्राथमिकता दिन्छ भन्ने महत्वपुर्ण कुरा हो । हाम्रा लागि नेपाली प्रधानमन्त्रीले भारतीय र चिनिया उच्च नेतृत्वलाई भेट्यो भन्नु भन्दा पनि अब त्रिदेशिय हितको पक्षमा ओकालत गर्नुको अर्को कुनै बिकल्प छैन ।

हुन त पटक पटक भएका बहसलाई दुई मुलुकले प्राथमिकता नदिंदा नेपालको प्रस्ताव छाँयामा पर्दैै आएको छ । गोवामा भएको त्रिपक्षिय भेटवार्ताले त्रिदेशीय हितको प्रस्ताव अघी बढ्ने संकेत गर्यो या संयोग मात्रै हो भन्ने तर्कहरु नगरीएको होइन । जे होस् नेपालका प्रधानमन्त्रीको गोवा भ्रमण मामा नहुनु भन्दा कानो मामा नै भए पनि निको भने जस्तै भयो भन्दा अन्यथा नहोला ।