२०७३ साल शुभहोस् ।

0
326

२०७२ सालको सुरुमै भूकम्पले हल्लाएको नेपालीहरुको मन ७३ लागि सक्दा पनि हल्लीरहेको छ । किनकी बैशाख १२ पछिका पराकम्पनहरुले सबैलाई आतङकित बनाएकै हो । जस्को त्रास आज सम्म पनि ताजै छ । ७२ सालमा नेपाली जनताले धेरै किसीमका आपत् बिपत्को सामना गर्नु पर्यो भने  जनताको त्याग र बलिदानीको प्रतिफल देशको मुल कानून पनि यहि बर्ष हात पर्यो । संबिधान आए सँगै मधेशमा भएको आन्दोलन र भारतको असहमतीका कारण लागेको नाका बन्दीका कारण जनताले पाउनु सम्मको दुख पाए । नयाँ बर्ष ७३ को सुरुवातसँगै जनतामा छाएको आशलाई राज्यले सम्बोधन गर्नै पर्छ । बिगतमा भोगेका कुरा नयाँ बर्षमा भोग्नु नपरोस् भन्ने नै सबैको चाहना हो । नयाँ बर्षले सबैमा नयाँ जोस जाँगर र उमङग प्रदान गरोस् भन्ने राष्ट्रप्रमुख देखि सरकार प्रमुख सम्मले दिएको शुभकामना उच्च नेतृत्वबाटै कार्यान्वयनमा आयोस भन्ने जनताको अपेक्षा रहेको छ । भुकम्प पछिको पुनःनिर्माणको कामले गति लेओस जनताका समस्या बिस्तारै कम हुँदै समाजमा कानूनी शासनको प्रत्याभूति गर्न पाईयोस्,शुन्यशहनसिलता ब्यबहारमा देख्न पाईयोस् बस यस्तै  सामान्य आशा मात्रै बोकेका छन जनताले । तसर्थ बर्ष २०७३ सबैका लागि शुभ होस् । हार्दिक मंगलमय शुभकामना ।