कोइरालाको निधनले उब्जाएको ६ प्रश्न ?

0
251

नेपाली काँग्रेसका सभापति शुशिल कोइरालाको निधनले कँग्रेस जनलाईमात्रै चिन्तीत बनाएकोे छैन सबै सबैलाई मर्माहत बनाएको छ । कोइराला इमान,निर्लोभी,निस्वार्थी,र सामान्य स्वभावका ब्यक्ति थिए जस्को कारणले नजिकबाट चिन्नेले मात्र होइन अन्जान मानिसको पनि कोइरालालाई हेर्ने दृष्टिकोण फरक थियो । लामो राजनीतिक जिवनमा सत्ता र शक्ति भन्दा टाढा रहेका अविबाहित कोइराला भान्जा रमेशको पारिवारीक सदस्यकारुपमा जिवन बिताए । कोइरालालाई चिन्नेले उनका भान्जा रमेश र भान्जी बुहारीलाई पनि राम्ररी चिनेका छन् । कोइरालाको राजनीति सफल हुनका लागि यि दुईको ठूलो यागदान रहेको छ । सबैले सजिलै भेट्न सक्ने सबैका कुरा सुन्ने र सहयोगी भाव राख्ने कोइरालाको बानी मन नपराउने कमै थिए । जब यस्ता ब्यक्तिको निधन भयो त्यस पश्चात कार्यकर्ता तहमा चिन्ता देखिनु स्वभाविक हो । कार्यकर्ता भन्दै छन् अब काँग्रेसको भविश्व के हुने हो ? नेतृत्व कस्ले गर्ने हो ? कतै पार्टी भद्रगोलमा पर्ने पो हो की ? नेतृत्व बिबादकै कारण पार्टीमा बिचलन देखिने हो की ? संस्थापन पक्षबाट कीन बलियो नेतृत्व जन्मन सकेन ? कोइराला परिवारको अबको राजनीति के हुने हो ? भन्ने जस्ता प्रश्नले कार्यकर्ताको मनमा चिसो पसेको छ । तसर्थ कँग्रेस जनको मनमा पसेको चिसोलाई नेतृत्वले शोकको घडिलाई शत्तिमा बदल्नै पर्ने दखिन्छ ।