मधेशले के पाएन ?

0
411

हिमाल,पहाड र तराईको बिशेषता भएको बिश्वको सुन्दर देश हो नेपाल । सबै पक्षको मेलमिलाप पूर्ण आपसी सम्बन्धले नै हामी सदियौ देखि आजको दिन सम्म आई पुगेका छौ । सदियौको हाम्रो सम्बन्ध कहिले काँही सिमीत ब्यक्तिको स्वार्थका कारण भएका घटाना बाहेक हाम्रो सम्बन्ध सुमधुर नै छ । पहाडी क्षेत्रमा बिकासको सञ्चार पु¥याउन निकै कठिनाई रहेको छ भने हिमाली क्षेत्रमा अझै कठिनाई रहेको जग जाहेर नै छ तर तराईको भौगोलिक बनौट सम्थर भएकाले सडक बिस्तार गर्न सहजता रहेको छ । हाम्रो देशको बिकासको सुरुवात पनि तराईबाटै भएको हो । जति पनि उद्योग धन्दा नेपालमा स्थापना भए ति सबै तराईमै केन्द्रित भएको जग जाहेर रहेको छ । बिशेष त पर्साको बिरगञ्जलाई औद्योगकि नगरी भनिन्छ भने पुर्बको बिराटनगरलाई पनि औद्योगीक राजधानीको रुपमा चिनिँदै आएको छ भने बिभिन्न सिमेन्ट कारखाना,चिनी मिल,रड तथा जस्तापाता उद्योग,पनि तराईमै रहेको छ र उक्त उद्योगमा काम गर्ने ९० प्रतिशत कर्मचारी पनि तराई क्षेत्रकै स्थानियहरु रहेका छन् । कच्चा पर्दाको उप्तादनको अबसर पनि तराईकाले नै पाएका छन्,अझै सिमावर्ती क्षेत्रका नेपालीहरुले भारतमा सस्तो मुल्यमा पाईने गाडीहरु नेपालमा दर्ता नै नगरी भारतीय नम्बर प्लेटमै चलाउन पाईने छुट दिएको छ । नेपाल र भारतको सम्बन्ध रोटी र बेटीको सम्बन्धमा मात्र सिमीत छैन भारतीय भाषा,धर्म संस्कार देखि मन्दिरका पुजारी आदान प्रदानको कारण पनि दुई देशको सम्बन्ध सुमधुर सम्बन्ध रहि आएको छ । बिगत पछिल्लो समय तराईमा अधिकारको माग गर्दै भएका आन्दोलनका कारण दुई देशको सम्बन्ध चिसीदै आएको छ । राजनीतीक अधिकारमाग गर्दै भएका आन्दोलन नाका बन्दीमा परिणत भए पछि तराई आन्दोलनका मागहरुको लेखा जोखा गर्नु पर्ने भएको छ । तराईले देशको सार्वभौम सत्ता माथि नै प्रश्न उठ्ने गरि सुरु गरेका आनदोलनले सद्भाव भड्किन सक्ने संकेतहरु देखिन थालेका छन् ।