प्रथाको स्वरुप ग्रहण गर्दै बन्द

0
391


बन्द आफैमा राम्रो शब्द होईन जस्ले परिधीको पावन्दी निर्धारण गर्छ । बन्द अर्थात काम नगर्ने वा आफनो पेशा ब्याबसाय बन्द गरि सरकारलाई असहयोग गर्ने कार्यलाई नेपाली राजनीतिमा बन्द गर्ने भनी संस्कार नै बन्दै आएको छ त्यो संस्कार,परम्परा हालको समयमा प्रथाको रुप लिने संघारमा आई पुगेको छ । बन्द संस्कृती हाम्रा लागि नयाँ भने होईन प्रजातान्त्रीक आन्दोलनको सुरुवाती काल खण्डमा पनि बन्द हुने गरेको थियो भने लोकतान्त्रिक वा गणतान्त्रिक समयमा पनि यस्ले निरन्तरता पाउनुले बन्द संस्कारले प्रथाको स्वरुप ग्रहण गर्न लागेको भन्न मिल्छ ।
२००७ सालको जनआनदोलनमा पनि धेरै समय हड्ताल भएका थिए भने २०१७ साल,२०३६ साल२०४६साल,२०५८ सालको शाहि कदम र दोस्रो जनआनदोलनको ११ दिने बन्द संस्कारले परम्परागत मुल्य मान्यता प्राप्त गर्दै मधेश आन्दोलन,आदिबासी जनजाती आन्दोलन हुँदै २०७२ सालको श्रावण महिनामा भएका आन्दोलन र हडतालको स्वरुप र प्रकृति हेर्दा लाग्छ बन्द संस्कार नेपाली राजनीतिमा स्थापीत भैसकेको पुरानो प्रथा हो तसर्थ संबिधानको स्रोत भनेको हाम्रा प्रथा परम्परा धर्म संस्कारहरु भएकाले बन्द प्रथालाई ध्यान दिँदै नयाँ संबिधानमा स्थान दिने पो हो की ? बन्द आखिर नेपाली जनताका लागि भन्दा पनि राजनीतिक दलहरुलाई नै चाहिने हँुदा जारी रहेको बन्द संस्कारको बिरोध गर्नु भन्दा यो संस्कारलाई संबिधानको एउटा कुनामा स्थान दिए नेपाली जनताहरु बन्द हड्ताललाई संस्थागतरुपमै स्विकार गर्न पनि तयार हुने छन् अन्यथा दलका घोषण पत्रमा मात्रै बन्दहड्ताल बन्द गर्ने प्रतिबद्धता फोस्रो भैसकेकाले यस तर्फपनि ध्यान दिने हो की नेता ज्यूहरु ?