संघियताको सिमाङकन र देखिएका चुनौतिहरु …

0
488

संघियता गणतन्त्रको कडि मान्ने दलका नेताहरुले प्राय मध्य रातमा नै सहमती गर्ने गर्छन् । ६ प्रदेश सहितको संघियताको सिमाङकन गरि जनमतको सम्मान गरेको दाबी गर्ने दलका नेताहरुले गरेको पछिल्लो सहमती पनि मध्यरातमा नै भएको हो । नेताहरुको बुझाईमा ६ प्रेशको सिमाङकनले जनतामा उत्साह छाउनु पर्ने,दिपावली मनाउनु पर्ने , नेताहरु प्रति जनता आभारी हुनु पर्नेमा परिणाम भने ठीक बिपरित आयो । जब दलहरुले गरेको सहमति जनतामाझ पुग्यो त्यसले बिखण्डनको सन्देश दियो फलस्वरुप अध्यारो बाताबरण सृजना गराई दियो जस्को परिणाम मध्यपश्चिममा आगो बल्दा ३ जनाले बिना काराण् ज्यान गुमाउनु प¥यो । मध्यपश्चिमको आन्दोलनका कारण अन्यत्र त्यत्ति ठूलो आवाज आएको छैन तर बन्द हड्ताल भने कायमै छ ।
जनताले बुझ्न जरुरी गाँठी कुरा भनेको संघियतामा जाँदै गर्दा पुराना साँध सिमा फेरिन सक्छ,स्थानियताको पहिचान परिवर्ततन हुन सक्छ , हिजोको नाममा परिवर्तन आउन सक्छ , आफ्नै दायित्व र जिम्मेवारीमा पनि परिवर्तन हुन सक्छ,प्रशासनिक केन्द्र परिवर्तन हुन सक्छ भन्ने कुरा जनताले बुझ्नै पर्छ । अहिलेको मध्यपश्चिम आनदोलनको संकेत उनिहरु संघियता बुझिरहेका छैनन् या संघियता नचाहनेहरु आन्दोलित छन् । कर्णालिका जनता आन्दोलित छन्,रुकुम,सल्यान,प्युठान,बाग्लुङ आन्दोलित छ । नेपालगञ्ज,नवलपरासी,बिरगञ्ज,बारा,पर्सा,धनुषा लगायतका जिल्लाहरुमा बन्दहड्ताल भैरहेका छन् , थरुहट प्रदेको माग सहितका आन्दोलन कैलाली र कञ्चनपुरमा जारी रहेको छ , जनजातीहरुको मुद्धा संबिधानमा नसमेटिएको भन्दै जनजाती महासंघको देश ब्यापी आन्दोलन जारी छ भने बबरमहलमा टाउको फुटाएका दलित अधिकारकर्मी तथा सभासद्हरुको आन्दोलन पनि जारी रहेको छ । यो आन्दोलनका बिच संबिधानको अन्तिम मस्यौदा लेखन कार्यले बिहिबारबाट औपचारिकता पाएको छ । यो आन्दोलनको प्रभाव अन्तिम मस्योदामा कस्तो पर्ला ?
आन्दोलन र सिमाङकनलाई तत्काल बिवश्लेषण गर्न जरुरी छ यदि आन्दोलन पक्षधरहरुले उठाएको मुद्धा सहि छ भने तत्कालै सम्बोधन गर्नु प¥यो अन्यथा उनिहरुका माग नाजायज छन् भने संघियताका बिज्ञहरुले जनतालाई प्रशिक्षित गर्नु प¥यो अन्यथा सुर्खेत घटना अन्यत्र पनि दोहोरिन सक्छ ।